अर्थ संसार काठमाडौं - सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एआर–सेल्फी कन्टेष्टका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।
उपहार हस्तान्तरणका लागि ओपोको कमलपोखरी स्थित ग्राहक सेवा केन्द्रमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले पुरस्कार हस्तान्तरण गरेका थिए ।
कम्पनीद्वारा मासिक रुपमा आयोजना गरिने सामाजिक सञ्जाल क्याम्पेनको सिरिज अन्तर्गत यो कन्टेष्टको आयोजना मेँ २१ देखि २८ सम्मका लागि आयोजना गरिएको हो ।
कम्पनीद्वारा भरखरै सार्वजनिक ओपो एफसेवेन सिरिजमा उपलब्ध गरिएको एआर स्टिकरको प्रचारका लागि क्याम्पेनको आयोजना गरिएको कम्पनीले बताएको छ ।
उपहार वितरणका लागि आयोजित कार्यक्रममा बोल्दै बबी ट्राओले भने, ‘कन्टेष्टमा उल्लेख्य सहभागिताका लागि हामी हाम्रा उपभोक्ता प्रति कृतज्ञ छौँ । हामी सबै विजेतालाई बधाईका साथै आउँदा दिनहरुमा अझ रोचक र बृहत्त क्याम्पेन समेत नेपालमा सार्वजनिक गर्ने घोषणा गर्न चाहान्छौँं ।
निहारिक शर्मा, सुमित्रा लामा र युमिसा लामा क्याम्पेन विजेता घोषित भएका छन् । तिनलाई कम्पनीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिएको छ । क्याम्पेन अन्तर्गत कम्पनीले सहभागीलाई एआर स्टिकर प्रयोग गरिएको तिनका आकर्षक सेल्फी पोष्ट ह्याशट्याग ओपोएफसेवेन सहित कमेन्ट सेक्सनमा पोष्ट गर्न अनुरोध गरेको थियो । भाग्यशाली विजेताको छनोट कम्पनीको आन्तरिक टिमले गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस