Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकको एफपीओमा लगानी गर्दा फाइदा कि वेफाइदा ?

बुधबार, २३ जेठ २०७५, ०९ : ०० मा प्रकाशित

एनएमबी बैंकको एफपीओमा लगानी गर्दा फाइदा कि वेफाइदा ?

अर्थ संसार, काठमाडौं– सञ्चारमाध्यमदेखि सवारी साधनको भित्तासम्म आफ्नो पोष्टर टाँसी आफूलाई अब्बल देखाउँदै आएको  एनएमबी बैंक लिमिटेडको थप सेयर निश्कासन (एफपिओ) जेठ ३० गतेदेखि आउने भएको छ ।

बैंकले चुक्ता पुुँजी बढाउनको लागि १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो ।

बैंकले प्रमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ असार ३ र ढिलोमा असार २८ गतेसम्मलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।

यहाँबाट दिनुहोस आवेदन

यस बैंकको एफपिओमा लगानी गर्ने लगानीकर्ता एनएमबीको सवै शाखा, सि–आस्वा, मेरो सेयरबाट समेत एफपीओका लागि आवेदन दिन सकिने  बैंकले जनाएको छ ।

एफपिओमा लगानी गर्दा फाइदा कि वेफाइदा ?

३३३ रुपैयाँमा एफपिओ निश्कासन गर्न लागेको यस बैंकको सेयर भाउ घट्ने क्रम जारी छ । हिजोआज लगानीकर्ताहरु भटाभट सेयर बच्न थालेको देखिन्छ ।  यो साताको कारोबार भएको दुई दिनलाई हेर्दाे आइतबार (–८ : ३९७ रुपैयाँ) सोमबार (–२ : ३९५) यस बैंकको सेयर मूल्य १० रुपैयाँ घटेको छ ।

आइतबार ८ रुपैयाँले घटेको थियो भने सोमबार २ रुपैयाँले । लाभकरको विरुद्धमा लगानीकर्ताहरु मैदानमा उत्रिएका कारण दोस्रो बजारमा राम्रो सँग कारोबार भएको छैन । यदि दोस्रो कारोबार राम्रोसँग सुचारु हुने हो भने यस बैंकको सेयर ह्वात्तै घट्ने छ ।

बजारमा यस बैंकको किन्ने भन्दा पनि बेच्ने लगानीकर्ताको भिड देखिन्छ । किन कि एफपिओको मूल्य बराबरमा दोस्रो बजारको सेयर  मूल्यमा आउने लगानीकर्ता बताउँछन् ।

जति छिटो यस बैंकको सेयर बेचर आएको रकम एफपिओमा हाल्ने मुडमा लगानीकर्ता देखिन्छ ।  जसले गर्दा  बैंकको सेयर मूल्य घट्ने क्रम जारी छ ।  अहिलेको बजार मूल्य र एफपिअको मूल्य अन्तर ७२ रुपैयाँ रहेको छ । यो समाचार तयार पर्दासम्म सेयर बजार पूर्ण रुपले बन्द भएको छ । जसको प्रत्यक्ष फाइदा यस बैंकलाई परेको छ ।

 के भन्छ १ महिनाको चार्टले ?

बैंकको दोस्रो सेयर बजारको चार्टलाई हेर्दा बजार भाउ विस्तारै ओरालो लाग्दै आएको देखिन्छ । बैशाख २५ गते ४६९ रुपैयाँमासम्म पुगको सेयर भाउ जेठ २० गते ३९५ रुपैयाँमा झरेको छ । 

करिव १ महिनाको विचमा लागनीकर्ताले ७४ रुपैयाँ घाटा खाएका छन् । एफपिओ पछि बैंकको सेयर संख्या बृद्धि भई दोस्रो बजारमा सेयरको भाउ ह्वात्तै घट्ने छ । एफपिओमा लगानी गर्ने लगानीकर्ताल लगानी उठाउन  बैंकले दिने बोनस सेयर र नगद लाभांशको आशा गर्नु पर्ने देखिन्छ । 

5b1637cee3e7a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको