अर्थ संसार, काठमाडौं– कन्टीलेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेस प्राइभेट लिमिटेडले कोमात्सु हेभी इक्वीपमेन्टको लागी नेपालको आधिकारीक राष्ट्रिय वितरकले मोटर ग्रेडर GD 535-5 को बिक्री शुरुवातको घोषणा गरेको छ ।
ग्रेडर GD 535-5 मा SAA 6 D107E-1 ईन्जिन छ भने यसको ३७१ मिटर ब्लेडले २००० आरपीएम मा १५४ हर्षपावर उत्पन्न गर्छ । कम्पनीको अनुसार, यो मेशीन सँगै टर्बो चार्जर एअर–टु–एअर आफ्टर–कुल्ड ईन्जिन हुने भएकोले उच्च गतिशीलता प्रदान गर्नुका साथै तेल खपत पनि कम हुन्छ ।
यो मेशीनको कमन रेल इन्जेक्सन सिष्टमले गतिलो थ्रोटल नियन्त्रण गर्छ जसले उच्च हर्षपावरको साथ उच्च वर्क स्पिड दिन्छ । यसको दुईवटा ‘पि’ र ‘ई’ मोडले ईन्जिनको आउटपुटलाई अनुकुलित बनाउँछ र तेल खपत कम गराउँछ । सुपरियर ट्रान्समिसन अटो मोडको संयोजन सहित (टर्क कन्भर्टर ड्राईभ) र म्यानुअल मोड (डाइरेक्ट ड्राइभ) यो वर्गको अद्वितिय विशेषता हुन जसले ईन्जिन राखिएको स्थानलाई सुरक्षित गर्दछ ।
बिक्री शुभारम्भ कार्यक्रमलाई कन्टीनेन्टल ग्रुपका अध्यक्ष सुरिद घिमिरे र कोमात्सु इन्डिया प्रा. लि. का सहअध्यक्ष श्री काजुमा नाकानिशीले संयुक्त रुपमा गर्नु भएको थियो ।यो मेशीनलाई कोमट्रयाक्स सिष्टममा बनाईएको छ जसले ग्राहकको इक्वीपमेन्ट व्यवस्थापनमा मद्दत गर्दछ र तेलमा लाग्ने लागतलाई घटाउँदछ ।
कम्पनीका अनुसार कोमट्रयाक्स टर्मिनलले मेशिनको लोकेशन, कामको रेर्कड,मेशिनको कण्डिशन आदि जानकारी दिन्छ जुन तार रहित कम्युनिकेशनले काम गर्दछ । ग्राहकहरुले अनलाइन माध्यमबाट पनि कोमट्रयाक्सको डाटा हेर्न सक्दछन् ।
नेपालमा २०औं वर्षदेखि ‘कोमात्सु’ हेभी इक्वीपमेन्टको क्षेत्रमा अग्रणी रुपमा उभिएको छ, कोमात्सु प्रोडक्टको प्राविधिक सपोर्ट ग्राहकहरुको सेवा पुग्ने गरी डिजाईन गरिएको छ । आफ्ना ग्राहकहरुलाई कसरी मेन्टिनेन्स र सपोर्ट गर्ने भनेर कोमात्सु डिष्ट्रिब्युटरले विभिन्न प्रभावशाली सेवाहरुको अफर गरेको छ ।
कन्टीनेन्टलले यो पनि आश्वस्त पारेको छ की कोमात्सु मेशीनहरु यसको प्रिभेन्टीभ मेन्टिनेन्स क्लिनीक, आयल तथा घिसावट विश्लेषण कार्यक्रम तथाटिकाउ र प्रभावशालीको रुपमा प्रसिद्ध छ । देशको विभिन्न भागमा बिक्री पश्चात्को सेवाप्रदायक सेन्टरहरु भएकोले कोमात्सु मेशीनको नेपालमा सबै भन्दा कम डाउन टाइम भएको मानिन्छ । यस सम्पूर्ण कुराहरुले गर्दा कोमात्सु मेशीनको राम्रो रिसेल मूल्य रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस