Like us!
Follow us!
Connect us!
Watch us!

वि.पि.सि.एल.द्वारा म्याक लुब्रिकेन्ट्स ब्राण्डको नयाँ प्याकेजिङको शुभारम्भ

सोमबार, ०४ असार २०७५, ०७ : ५३ मा प्रकाशित

वि.पि.सि.एल.द्वारा म्याक लुब्रिकेन्ट्स ब्राण्डको नयाँ प्याकेजिङको शुभारम्भ

अर्थ संसार, काठमाडौं-ग्लोबल फरच्यून ५०० र महारत्न कम्पनी, भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडले ब्राण्ड म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको शुभारम्भ    गरेको छ  । 

शुभारम्भ कार्यक्रमको अध्यक्षता विपिसिएलका अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर डि. राजकुमार र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का कार्यकारी निर्देशक सिद्धार्थ शम्सेर जबराले गर्नुभउको थियो । 

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक विक्रेता हो । कार्यक्रममा विपिसिएल तथा सिप्रदीका वरिष्ठ अधिकृतहरुको पनि उपस्थिति थियो । भव्य सजावट सहित रंगिएको सुरुवाती कार्यक्रममा ग्राहकवर्गहरु, डिलरहरु तथा विजनेस एसोसिएट्सहरुको पनि उपस्थिति थियो ।

नयाँ भविष्यलाई अंगाल्ने योजना अनुसार म्याक लुब्रिकेन्ट्सले सारै आकर्षक र नयाँ डिजाईनमा पूर्णरुपमा नयाँ रेन्जको प्याकेजिङको सुरुवात गरेको छ । नयाँ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नयाँ प्याकमा भविष्यवादी जेन–एक्स प्रोफाईल भएकोले यसले बजारमा आफ्नो स्थान ओगट्ने कम्पनीको दाबी छ ।

नयाँ प्याकमा भएका मुख्य विशेषताहरु निम्नलिखित कुराहरु ध्यानमा राखिएको छ :

 

  • ट्याम्पर ईभिडेन्ट क्याप – ग्राहकहरुको विश्वास जित्न र भरपर्दो प्रोडक्ट डेलिभरीको लागि ।

  • दुईवटा ह्याण्डल ग्रिप – सजिलै बोक्नको लागि टप ह्याण्डल र खन्याउन सजिलोको लागि साईड बटम ह्याण्डल ।

  • ह्याण्डलको ग्रिपमा यूनिक टेक्चर – नवीन प्रविधिबाट प्याक डिजाईन भएको प्रकटीकरण ।

  • गतिलो ग्रिपिङको लागि अगाडि पट्टि घुमाईएको प्रोफाईल – खन्याउने बेलामा सहज र सुरक्षित ग्रिपिङ सुनिश्चित गर्न ।

  • कम आवाज आउने गरी बनाईएको नेक – खन्याउदा एकनाश र राम्रो सँग फ्लो हुने र आवाज पनि कम आउने गरी बनाईएको नेक ।

विश्वमै राम्रो डिजाईन एजेन्सीको रुपमा रहेको टाटा इल्क्सीले डिजाईन गरेको यो नयाँ प्याक धेरै पटकको टेष्ट पछि शुभारम्भ गरिएको छ । नयाँ प्याकहरु निम्न लिखित चार वटा कलरहरुमा वर्गीकृत गरिएको छ ।

  •    रातो – पेट्रोल ईन्जिन सेग्मेन्टको लागि

  •    गोल्ड – प्रिमियम सेग्मेन्टको लागि (पेट्रोल/डिजेल)

  •   नीलो ग्रे – डिजेलको लागि, गियर आयलको लागि, संरक्षित/विशेष सेग्मेन्टको लागि

  •     ग्रिन – कृषि सामग्री तथा पर्यावरण अनुकुल सेग्मेन्टको लागि

ईन्जिनको पार्ट वरिपरि उर्जा भरिएको र प्रविधिको संयोजन भएको देखाउने गरी लेबलको डिजाईन गरिएको छ जसले प्रोडक्ट र यसका विशेषताहरुलाई पनि उजागर गर्ने गरी बनाईएको नयाँ प्याक यसको प्रस्तुति र ओभरअल लुकमा अद्वितीय छ ।

ग्राहकहरुको चाहनालाई ध्यानमा राखी नयाँ प्याक अनुकुल हुने गरी विशिष्ट सामग्रीबाट बनाईएको हुनाले यसले आफ्नो यथार्थता देखाउँछ र यो प्याकको कलर, फिनीसिङ र लुक विशिष्ट तथा भिन्नै दर्साउँछ ।

श्री भी. आनन्द, कार्यकारी निर्देशक (ल्यूब), विपिसिएलले भन्नुभयो, “हाम्रो नयाँ प्याकले विपिसिएलको नयाँ परिवर्तन वा नवीनताको मान्यता, ध्यान र विश्वसनीयतालाई दर्शाउँछ । आफ्ना सरोकारवाला हरुलाई सबैभन्दा राम्रो प्रोडक्ट दिने हाम्रो प्रतिबद्धता र नवीनतम प्रोडक्टर सेवाहरु ग्राहकहरुमा लैजाने हाम्रो लागि सबैभन्दा बढी महत्वराख्दछ ।

नयाँ प्याकको शुरुवात नेपालबाट हुनु हाम्रो लामो तथा सुमधुर सम्बन्ध यो देशसँग र हाम्रो पूरानो वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. सँग हुनुलाई दर्शाउँछ ।”म्याक लुब्रिकेन्ट्स हाल नेपाली बजारमा नं. १ ब्राण्डको रुपमा मार्केट लिडरको रुपमा रहेको छ ।

5b27157b078c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको