Like us!
Follow us!
Connect us!
Watch us!

भद्र र रूपसी जेट चढेर चीन जाने भए

सोमबार, ०४ असार २०७५, ११ : १९ मा प्रकाशित

भद्र र रूपसी जेट चढेर चीन जाने  भए

अर्थ संसार, काठमाडौँ – नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रूपसी छन् ।

 वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका छन् ।

भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्रणमा लिई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको छ ।

यही असार १३ देखि १५ गतेभित्र चीनमा रहेको साइटिस टोली नेपाल आउँदैछ । चिनियाँ अधिकारीले खोर बनाउन भनेपछि गैँडालाई राखेर पठाइने चार थान खोर बनाउने काम शुरु गरिएको र एक हप्ताभित्र खोर बनिसक्ने बताइएको छ ।

संरक्षण कोषको परिसरमा दुई जोडी गैँडा छन् । अर्काे एक जोडीको नामकरण गरिएको छैन । अर्काे जोडी गैँडालाई साउनको पहिलो साता चीन पठाइने तयारी छ ।

 ढकालले चिनियाँ टोली समयमा आउन नसक्दा प्रधानमन्त्रीसँगै गैँडा पठाउन नसकिएको बताउनुभयो । दुई जोडी गैँडा मानिससँग घुलमिल गर्न थालेको र दिउँसो पालैपालो खुला खोरमा राख्न थालिएको छ ।

 दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिनुभएको थियो । चितवन राष्ट्रिय निकुञ्जले गत वैशाख दोस्रो साता तीन गैँडा नियन्त्रणमा लिएको थियो भने एउटा गैँडा बाढीले बगाउँदा यसअघि नै उद्धार गरी राखिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको