Like us!
Follow us!
Connect us!
Watch us!

बोनस र हकप्रदमा ‘वेटेड एभरेज ’ को आधारमा लाभकर गणना गर्न सुझाव

मंगलबार, ०५ असार २०७५, ०८ : ०४ मा प्रकाशित

बोनस र हकप्रदमा ‘वेटेड एभरेज ’ को आधारमा लाभकर गणना गर्न सुझाव

अर्थ संसार,काठमाडौं-  हकप्रद र बोनस सेयरमा पूँजीगत लाभकर गणनाको विषयमा नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड, सिडिएससीले समितिलाई सुझाव दिएका छन् ।

स्रोतका अनुसार यी तिनओटै निकायले वेटेड एभरेजको आधारमा लाभकर गणना गर्न समिति समक्ष सुझाव पेश गरेका हुन् ।

आन्तरिक राजस्व विभागले जेठ २० गतेदेखिनै बोनस र हकप्रद शेयरमा अङ्कित मूल्यको आधारमा अग्रिम पूँजीगत लाभकर असुल गर्न यी निकायहरुलाई निर्देशन दिएको थियो ।

उक्त निर्देशन पछि चुुलिएको विवाद टुङ्ग्याउन जेठ २२ गते अर्थ मन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको थियो ।

उक्त समितिलाई प्रतिवेदनमा समेट्न भन्दै तीन ओटै निकायले सोमवार सुझाव दिएका हुुन् ।

वेटेड एभरेजसँगै भारतमा जस्तै अल्पकालिन र दिर्घकालिन लगानीको आधारमा लाभकर गणनाको विधि अपनाउन समेत सुझाव दिएको बुझिएको छ । १५ दिनभित्र अर्थमन्त्रालयलाई प्रतिवेदन पेश गर्ने गरी गठन भएको समितिमा यी तिनओटै निकायको पनि प्रतिनिधित्व रहेको छ ।

आन्तरिक राजस्व विभागले यस अघिको हकप्रद र बोनस सेयरको औसत आधार मूल्यको आधारमा लाभकर गणना गर्ने विधि परिमार्जन गर्दै अङ्कित मूल्यको आधारमा लाभकर गणना गर्न निर्देशन दिएपछि लगानीकर्ताहरुले असन्तुष्टि देखाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको