Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा जानेका लागि ‘शुभयात्रा’ एप्स

मंगलबार, ०५ असार २०७५, ११ : ४५ मा प्रकाशित

वैदेशिक रोजगारीमा जानेका लागि ‘शुभयात्रा’ एप्स

अर्थ संसार, काठमाडौं– वैदेशिक रोजगारीमा जानेका लागि लक्ष्य गरी ‘शुभयात्रा’ मोबाइल एप्स निर्माण गरिएको छ ।

 सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बनाउनका लागि युकेएड, आइएलओ, द एशिया फाउन्डेशन र पिएनसिसिआई नामक गैरसरकारी संस्थाको संयोजनमा उक्त एप्स बनाइएको हो ।

वैदेशिक रोजगारीमा भएको बढ्दो समस्या न्यूनीकरण गर्न उक्त एप्स बनाइएको पिएनसिसिआईका अध्यक्ष कुलप्रसाद कार्कीले बताउनुभयो । मोबाइल एप्सलाई समयसापेक्ष परिमार्जन गर्दै लगिने बताइएको छ ।

एप्समा वैदेशिक रोजगारीका सिलसिलामा जान लागेका नेपाली कामदार, विदेशमा भएका नेपाली कामदार र स्वदेश फर्किएकाका लागि उपयोगी सामग्री समावेश गरिएको छ ।

वैदेशिक रोजगारीका लागि पुर्याउनुपर्ने प्रक्रिया, आवश्यक कागजात, स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी, वित्तीय क्षेत्रलगायत अन्य महत्वपूर्ण जानकारीलाई समाचार, लेख, अन्तर्वार्ता, प्रश्नोत्तर, अडियो र भिडियोको माध्यमबाट उपलब्ध गराइएको छ । उक्त एप्स एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले निःशुल्क डाउनलोड गर्न सक्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको