अर्थ संसार, काठमाडौं– नेपालको लागि ह्युण्डाई मोटर्सका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले हालसालै बहुप्रतिक्षित Elite i20 2018 facelift नेपालमा ल्याएको छ ।
ह्युण्डाईको सबैभन्दा रुचाइएको यो मोडलले आफ्नो फिचरहरुमा गरेको मुख्य अपग्रेड उल्लेखनीय छ, जसले ग्राहकको हरेक अपेक्षालाई पूर्ण गर्दछ । यो फेसलिफ्ट मोडल Sportz र / Asta भ्यारियन्टमा उपलब्ध छ ।
नयाँ Elite i20 2018 facelift उही फ्रन्ट ग्रील भएको क्यासकेड डिजाइनका साथ आउँछ, जुन कुना तर्फ पूरै तन्कीएको हुन्छ र यसको फग् एवं हेडल्याम्पहरुका साथै DRLs पनि अपग्रेड गरिएको छ । यसको पछाडि पट्टि, लाइसेन्स प्लेट बम्परबाट टेलगेटमा सारिएको छ । बजारको हालको मागलाई मध्यनजर गरेर परिवर्तनहरुलाई झट्ट हेर्दा नदेखिने गरी बनाइएको छ ताकि ब्राण्डको पहिलेदेखि रुचाइएको स्वरुप र प्रिमियम आवरणलाई उजार गर्न सकियोस् ।
सुरक्षाको मापदण्ड अनुरुपमा ABS र एअरब्याग यसको दुइटै भेरियन्टमा उपलब्ध छ भने आस्तामा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ । उत्कृष्ट र सफा डिस्प्लेको लागि अझ राम्रो टच् भएको यसको इन्फोटेन्मेन्ट सिस्टम ७ इन्चमा अपग्रेट भएको छ । यसले Carplay, Android Auto र MirrorLink को माध्यमबाट ब्चपबmथक साउण्ड र स्मार्टफोनसँग कनेक्ट भएर सिनेमाको अनुभूति प्रदान गर्छ, जुन ह्युण्डाईबाट अपेक्षित नै छ ।
सन् २००९ मा स्थापित भएदेखि, लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो ग्राहकहरुलाई उच्च स्तरीय र झनझट मुक्त सेवा प्रदान गर्दै आएको छ । आजको दिनसम्म आइपुग्दा लक्ष्मी ह्युण्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड जमाउन सक्षम भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस