Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि देशमा नयाँ कानुन : के गर्दा कति सजाय ?

शुक्रबार, ०१ भदौ २०७५, ०८ : २४ मा प्रकाशित

आजदेखि देशमा नयाँ कानुन : के गर्दा कति सजाय ?

अर्थ संसार, काठमाडौं – भदौ १ गते अर्थात आजदेखि देशमा  नयाँ कानुन लागू हुँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो ।

सो ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो ।आजदेखि कार्यान्वयनमा आउने ऐनमा मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता ऐन २०७४ रहेका छन् ।

अपराध संहिता

  • सार्वजनिक आवागमनमा बाधा पुर्याए ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै

  • नभए/नगरकोे अफवाह फैलाए १ वर्षसम्म कैद हुन सक्ने

  • झूटो अभियोगमा उजुरी दिए जुन अभियोग लगाएको हो, त्यसैको आधासम्म सजाय हुन सक्ने

  • खाद्य पदार्थमा मिसावट गरे ५ वर्षसम्म कैदर ५० हजारसम्म जरिवाना हुने

  • कमसल वस्तुलाई असल भनी बेचे ३ वर्षसम्म कैद हुन सक्ने

  • सार्वजनिक ठाउँमा अरूलाई अभद्र व्यवहार गरे १ वर्षसम्म कैद हुन सक्ने

  • सार्वजनिक स्थलमा अश्लील बोले ६ महिनासम्म कैद वा ५ हजारसम्म जरिवाना वा दुवै

  • राष्ट्रिय गान, झन्डा र निसान छापको अपमान गरे ३ वर्षसम्म कैद हुन सक्ने

  • बालबालिकालाई फकाएर कसुर गर्न लगाए आफैंले गरसरेह सजाय

देवानी संहिता

  • मञ्जुरी नलिई कसैको तस्बिर खिच्न नपाइने, निजी जीवनबारेप्रकाशन÷प्रसारण गर्न नपाइने

  • केटाकेटी दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाउने

  • कुनै पुरुषको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको प्रमाणित भए स्वतः विवाह भएको मानिने

  • सम्बन्धविच्छेदका लागि पुरुष पनि सिधै अदालत जान सक्ने

  • मातृत्व वा पितृत्व दुवैका आधारमा सन्तानको पहिचान हुने

  • प्रत्येक छोराछोरीले आमाबाबुलाई आदर,सम्मान र हेरचाह गर्नुपर्ने

  • गर्भको शिशु पनि अंशको हकदार हुने

  • कम्तीमा १४ वर्ष पुगेको व्यक्तिलाई मात्र उसको मञ्जुरी लिई काममा लगाउन सकिने

  • कसैलाई पनि दिनमा ८ घण्टाभन्दा बढी काममा लगाउन नहुने

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको