सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी कान्ती श्रेष्ठको नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयरधनीहरूका लागि मात्रै बिक्रीमा राखिएकोमा तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित ललितपुरको महालक्ष्मीस्थित कर्पोरेट कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडमा निवेदन दिनुपर्नेछ, र सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस