Like us!
Follow us!
Connect us!
Watch us!

ड्रिम वल्र्डले ‘सोसल मिडिया फिल्म अवार्ड’ को आयोजना गर्ने

शनिबार, ०२ भदौ २०७५, ०८ : २९ मा प्रकाशित

ड्रिम वल्र्डले ‘सोसल मिडिया फिल्म अवार्ड’ को आयोजना गर्ने

अर्थ संसार, काठमाडौं - ‘सोसल मिडिया फिल्म अवार्ड २०१८’ आयोजना हुने भएको छ । सन्देशमूलक चलचित्र निर्माण गरेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आएका संघसंस्था र व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले ‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’ को आयोजनामा यो फिल्म अवार्डको आयोजना हुन लागेको कार्यक्रमका अध्यक्ष तथा चलचित्र निर्देशक सवनम मुखियाले बताईन् ।

सामाजिक सञ्जालमा अपलोड गरेका चलचित्र साह्रै मन छुने पाइन्छ र यस्ता चलचित्र निर्माण गर्ने व्यक्ति एवं संस्थाहरुलाई हौसला र सम्मान दिन अवार्ड आयोजना गर्न लागिएको मुखियाको भनाई रहेको छ ।

अवार्डमा सहभागीका लागि आवेदन समेत खुल्ला भएको छ । ‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को कार्यालयमा पाइने आवेदन फर्म अनलाइनबाट भर्न मिल्ने व्यवस्था गरिएको छ ।१६ विधा समावेश अवार्डलाई अस्कर इन्टरनेशनल कलेज अफ फिल्म स्टडीज, नेपाल फिल्म एकडेमी, प्राचीन सम्पदा नेपाल, अमर रत्न फिल्म काशी खण्ड कृषि फार्मले प्रायोजन गर्दैछ ।

आगामी माघ महिनामा आयोजना हुने अवार्डमा उत्कृष्ट डकुमेन्ट्री, उत्कृष्ट पिएसए, उत्कृष्ट छोटो फिल्म, उत्कृष्ट छायाँकन, उत्कृष्ट सम्पादन,उत्कृष्ट महिला अभिनेत्री, उत्कृष्ट पुरुष अभिनेता, उत्कृष्ट निर्देशक, सोसल मिडिया, उत्कृष्ट सोसल मिडिया भिज्वल (फेसबुक इन्स्टाग्राम, टुइटर), उकृष्ट युट्यूब भिडियो, उत्कृष्ट चुनौतीपूर्ण समाचार,उत्कृष्ट उत्साह दिने म्यूजिकल्ली कन्टेन्ट, उत्कृष्ट ट्रोल, पब्लिक चोइस लगायत बिधा रहेका छन् ।

कार्यक्रममा नगद सहित सञ्चारकर्मी र सोसल मिडिया एक्टिभिस्ट ब्यक्तिलाई पनि सम्मान गरिने कार्यक्रम सँयोजक रिचा योन्जनले बताईन् ।

5b778a4cb3411.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको