अर्थ संसार, काठमाडौं – ‘म्यान अफ दि इयर २०१८’ नेपालको प्रतिनिधित्व सुशान्त काजी श्रेष्ठले गर्ने भएका छन् । ३१ देखि ३१ अगष्टसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगिताको उनी एक मात्र नेपाली प्रतियोगी हुन् ।
१० प्रतियोगीलाई पछि पार्दै ‘मिष्टर काठमाडौ २०१८ं’ बनेका श्रेष्ठले भारत, थाइल्याण्ड, इन्डोनेशिया, जापा
, फिलिपिन्स लगायत ३० भन्दा बढि राष्ट्रका प्रतियोगीसँग उपाधिका लागि भिड्नेछन् ।
नेपाली कलासंस्कृति झल्कने बिभिन्न पोसाक कार्यक्रमका लागि आफुले तयार पारेको श्रेष्ठले बताए । ‘नेपाली कलासंस्कृति र भेषभुषा अन्टराष्ट्रिय क्षेत्रमा चिनाउँन मलाई यो एक महत्वपुर्ण अवसर हो’ श्रेष्ठले भने ‘देशको नाम राखेर फर्किने छु ।’ नेपालका मौलिक गीत संगीत समेत आफुले कार्यक्रम लिएर जाने श्रेष्ठले खुलाए ।
एक्सपोज नेपालले श्रेष्ठलाई प्रतियोगीतामा पठाउन लागेको हो । बिभिन्न नेपाली कलासंस्कृतिक र पहिचान झल्कने पहिरन सहित श्रेष्ठ प्रतियोगीतामा भाग लिन लागेको एक्सपोज नेपालकी सिइयो अर्चना थापा (बस्नेत)ले जानकारी दिइन् ।
प्रतियोगीताका लागि श्रेष्ठ आगामी शुक्रबार अर्थात ८ भदौमा थाइल्याण्ड उड्दैछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस