Like us!
Follow us!
Connect us!
Watch us!

सामसुङ महा एक्सचेन्ज अफर, जुनसुकै पुरानो मोबाइलको न्यूनतम मूल्य १ हजार मात्र

बुधबार, ०६ भदौ २०७५, १० : ४५ मा प्रकाशित

सामसुङ महा एक्सचेन्ज अफर, जुनसुकै पुरानो मोबाइलको न्यूनतम मूल्य १ हजार मात्र

अर्थ संसार, काठमाडौं– न्यूरोड, ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको नेपालको चर्चित मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले ग्राहकहरुको मागलाई ध्यानमा राखेर जुनसुकै ब्राण्डको मोबाइल फोनहरु सामसंगको स्मार्टफोनसँग साट्ने एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

कम्पनीले जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य रु १,००० बाट शुरु हुने गरि मूल्यांकन गर्नेछ ।त्यस्तै एक्सचेन्जमा किनेको फोनमा कम्पनीले थप १ वर्षको वारेन्टी समेत उपलब्ध गराउनेछ भने कम्पनीबाट खरिद गरिएको फोन बिग्रीएमा घरबाटै पिकअप एण्ड ड्रपका साथै मर्मतको सुविधा दिनेछ ।

यसको साथसाथै कम्पनीले ग्लोबल बैंक, मेगा बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंकसँग सहकार्य गरि सो बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई समेत ६ महिना, १२ महिना, १८ महिनाको किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउँदै आएको छ ।

ईजी मोबाइल केयरका संचालक संजित पौडेलका अनुसार ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर किस्ताबन्दीको सुविधा काठमाडौं उपत्यका विभिन्न पसलहरुसँगको सहकार्यमा आधिकारिक च्यानल पार्टरहरु बिस्तार गर्दै आएको छ । र देशैभरी नै किस्ताबन्दी सेवा च्यानल पार्टरहरुसँग मिलेर बिस्तार गर्न लागेको छ । 

यस अफरका विशेषताहरु

१. जुनसुकै पुरानो मोबाइल फोनको न्यूनतम मूल्य रु १,००० हुनेछ ।
२. नोट नाइनको प्रि बुकिंग गर्न सकिने छ ।

नेपालमा मोबाइल सर्भिस तथा बिक्रीमा ख्याति कमाएको यस कम्पनीले यो सेवा हाल काठमाडौं उपत्यकाका लागि शुरु गरीसकेको छ भने आगामी दिनमा देशैभर लैजाने योजना लिएको छ । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शुल्क नलाग्ने टोल फ्री नम्बर १६६००१२२९९९ पनि उपलब्ध गराएको छ ।

यस कम्पनीले रु.१ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना सफलतापूर्वक संचालन गर्दै आईरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको