शंखर पहाडी(गौरब)
अर्थ संसार, सिन्धुली –सिन्धुलीमा भ्रुण हत्या गराउने घटनाहरुले पछिल्लो समय बढ्दै गएको छ ।
पछिल्लो समय चाहेर वा नचाहेर भएका यौनिक क्रियाकलापबाट यस्ता खालका घटना बढेका डक्टरहरु बताउछन ।
कतिपय यस्ता घटना सिधै डक्टरहरुकोमा पुग्दछन त कतीपय घटनाहरु आफुखुसी क्लिनिकहरुमा गएर विभिन्न प्रकारका औषधीको प्रयोग गरि आफ्नो पेटमा रहेको भ्रुण हत्या गराउने गरेका घटनाहरु बढेका छन ।
१ महिनादेखि ६ महिना सम्मको गर्भ पतन गराउने गरेको स्रोतले बताएको छ । श्रीमान बिदेशमा रहेका श्रीमतीहरु श्रीमान घरमा नै रहेर पनि बाहीरी पुरुषसँग सम्पर्क भएका श्रीमतीहरु तथा केही अबिबाहीत केटीहरुले समेत गर्भ पतन गराउने गरेको स्रोतको दाबी छ ।
यसै क्रममा केही दिन पहिला सिन्धुलीको गोल्रन्जोर ३ मा रहेको एक ल्याब असिस्टेन्टले सञ्चालन गरेको क्लिनीकमा गएर औषधी प्रयोग गर्दा एक स्थानिय महिलाको ज्यान जोख्रीममा परेको थियो ।
दर्ता नै नभएको ल्याब असिस्टेन्टले सञ्चालन गरेको क्लिनीकले कुनै डक्टरको सफिारीस बिना गर्भ पतन गराउने औषधी दिदा गोलन्जोर ३ की एक महिला अत्याधिक रत्तश्रावका कारण जीवन मरणको दोसाँधमा परेकी हुन ।
तर सो विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाइृ जानकारी दिदा समेत चासो नदिएको पाईएको छ । भने क्लिनीक सञ्चालक अमर कुमार महतो र बबिता कुमारी महतो अहिले क्लिनीक बन्द गरि फरार रहेका स्थानियको भनाई छ ।
उनिहरुमा अमर कुमार महतो शिक्षा शास्त्रमा बिएड गर्दैछन भने बबिता कुमारी महतो ल्याब असिस्टेन्ट हुन । उनिहरुले गोलन्जोर ३ मा ओम मेडिकल हल एण्ड औषधी उपचार केन्द्र विगत करिब २ वर्ष देखि सञ्चालन गरेको स्थानियको भना्रई छ । स्थानियका अनुसार उनिहरुको बारेमा जिल्ला जन स्वास्थ्य कार्यलय सिन्धुली र जिल्ला प्रहरी कार्यलय सिन्धुलीलाइ्र्र पटक पटक जानकारी दिदा समेत त्यसप्रति वेवास्था गरेको स्थानियको आरोप छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस