Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुर टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेजमा अस्ट्रेलियन कुलिनरी आर्ट

शुक्रबार, ०८ भदौ २०७५, ०७ : ३१ मा प्रकाशित

कान्तिपुर टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेजमा अस्ट्रेलियन कुलिनरी आर्ट

अर्थ संसार, काठमाडौँ - कान्तिपुर टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेजले नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धबाहेक कुलिनरी सोलुसन अस्ट्रेलियाबाट थप सम्बन्धन प्राप्त गरी होटेल म्यानेजमेन्ट, कुलिनरी आर्टस्, बार टेन्डर र बारिस्ताजस्ता कार्यक्रम सञ्चालनमा ल्याएको छ । कलेज पढ्नका लागि प्लस टुको परीक्षा दिएपछि विद्यार्थीले कलेजमा प्रवेश परीक्षा दिन सक्ने कलेजले जनाएको छ ।

 कलेजका अध्यक्ष विजय पौडेलले ६ महिना अर्थात् ८ सय घन्टा पढाइ हुने उक्त कोर्स पूरा गरेपछि विद्यार्थीलाई उनीहरुको चाहनाअनुुसार थप अध्ययनका लागि अस्ट्रेलिया पठाउने या सीधै रोजगारीमा पठाइने बताए ।

अस्ट्रेलिया गएर एड्भान्स डिप्लोमा पढ्न चाहने विद्यार्थीले भने प्लस टु पास गरेको र आइएलटिएसमा ५।५ ल्याउनैपर्ने कलेजले जनाएको छ । यदि प्लसटु फेल र आइएलटिएसमा ५।५ ल्याउन नसकेमा पनि रोजगारीको ग्यारेन्टी गरिने कलेजका प्रबन्ध निर्देशक राम कोदान्दाले जानकारी दिए ।  

उनका अनुसार यस्ता विद्यार्थीले मासिक ६० हजारदेखि १ लाख ३० हजार रुपैयाँ कमाउन सक्छन् । यसका लागि विद्यार्थीले माल्दिभ्स, दुबई, ओमानजस्ता देशका पाँचतारे होटेल रोज्न सक्ने कोदान्दाको दाबी छ । यसरी ती देशमा रोजगारी गर्ने विद्यार्थीले ४/५ वर्षको अनुभवपछि पनि अस्ट्रेलियामा अनुभवका आधारमा थप अध्ययन गर्न र वर्क परमिटमा जाने प्रोसेसिङको व्यवस्था कलेजले गरेको कोदान्दाको भनाइ छ । पढ्दा तिरेको पैसामै हामी वैदेशिक रोजगारीमा पठायँछौँ ।   

कान्तिपुर  टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेजले अस्ट्रेलियामा अध्ययन वा तालिम लिँदा पाउने सुविधा हामीले यहीँ दिएका छौँ । हाम्रो देशको युवाशक्तिलाई पढाइपछि के गर्ने भन्ने अलमलमा हामी राख्दैनौँ । यो शिक्षा अस्ट्रेलियया पुगेर लिने हो भने विद्यार्थी र उनीहरुका अभिभावकले १८ लाख रुपैयाँ खर्चिनुपर्छ ।

जबकि हामी यहाँ त्यसको आधाभन्दा पनि कम अर्थात् ७ लाख ५० हजारमा विद्यार्थीले पढ्ने र मिहिनेत गर्नेबाहेक सबै आर्थिक भार हामी बेहोछौँ ।      यसमा होस्टेल, कलेज फी, स्टेसनरी, पढाइ सकेपछि प्राप्त हुने वैदेशिक रोजगारमा जाँदा लाग्ने मेडिकल, जहाज भाडा, श्रम स्वीकृति लिनेसम्मको सबै खर्च समावेश छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको