Like us!
Follow us!
Connect us!
Watch us!

प्राविधिक रक्सी र लोकल कुखुरामा पल्किदा सिन्धुलीका वास्तविक भूकम्प पीडित मारमा

शुक्रबार, ०८ भदौ २०७५, १३ : १५ मा प्रकाशित

प्राविधिक रक्सी र लोकल कुखुरामा पल्किदा सिन्धुलीका वास्तविक भूकम्प पीडित मारमा

शंखर पहाडी (गौरब)

अर्थ संसार, सिन्धुली–  सिन्धुलीमा भुकम्पपछिको सर्वेक्षणमा खटिएका प्राविधिक तथा प्राविधिकको ईच्छा पुरा नगरिदा लाभग्राहीको सूचिमा नाम नपारिएको सिन्धुलीका भुकम्प पीडितहरुले गुनासो गरेका छन ।

तिनपाटन गाउँ पालीका वडा नम्बर १० का ५४ वर्षीय लिला प्रसाद पहाडी र गोलन्जोर गाउँ पालीका ३ का ४४ वर्षीय आनन्दराज बरालले गाउँघरमा खटिएका प्राविधिक तथा प्राविधिकका आसेपासेलाई रक्सी तथा लोकल कुखुराको मासु नदिएका कारण आफ्नो नाम भुकम्प पीडितको सूचिमा  नसमेटि दिएको गुनासो गरेका छन । 

आफुहरुलाई लोकल कुखुराको मासु र रक्सी नदिएका कारण प्राविधिकले हाम्रो नाम भुकम्प पीडितको सूचिमा पारेनन पीडत आनन्दराज बरालले बताए ।  एउटा घर थियो । २०७२ सालको भुकम्पले भत्कीयो, अहिले बाँस र जस्ताको टहरामा बसिरहेका छौँ । गुनासो फारम पनि भरेको त्यसमा पनि घर टालटुलका लागि भनेर रु १ लाख मात्रै पर्यो । तर,  ‘हाम्र्रो घर नैं छैन, अब त्यो एक लाखले के गर्ने ’ बरालले सनाए ।

जसका कारण गाउँका अरु घर लगभग बनी सक्दा पनि नत बरालको नै घर बन्न सकेको छ नत पहाडीको नै घर बनेको छ ।  भूकम्पले चिराचिरा बनेको घरमा आफुहरु बस्न सक्ने अवस्था नरहेका कारण आफुले बाँसको टहरो बनाएर बसेको करिब ३ वर्षा भयो यसपाली पनि घर बनाउन सक्ने स्थिति छैन बरालको भनाई छ । ‘भूकम्पको समयमा एउटै घरमा नछुट्ट्ीएर बसेका बाबु छोरा गरि ३ जनाको समेत राहत परेको छ ।  तर,  जसको एउटा मात्रै घर छ त्यसमा पनि बस्न सक्ने स्थिति  छैन त्यस्ता घरलाई राहत परेको छैन ।’ उनिहरुको भनाई छ ।

प्राविधिकले लाभग्राहीमा नाम दर्ता नगरेपछि सिन्धुलीका धेरै भूकम्प पीडितहरु अहिले पनि टहरामा बस्न बाध्य भएका छन ।    गोलन्जोर ३ कि मैयाँ रम्तेलको समस्या पनि उस्तै छ ।  भूकम्प पुन निर्माण प्राधिकरण सिन्धुलीले आफुहरुमाथी ठीलो अन्याय गरेको  उनिहरुको आरोप छ । भूकम्प पुन निर्माण प्राधिकरण सिन्धुलीको लापर्बाहीका कारण जिल्लाका धेरै वास्तविक भुकम्प पीडितहरुले राहत नपाएको उनिहरुको भनाई छ ।

भत्कीएको घरलाई राहत परेन पावर र खान पिनको आधारमा राहत परेको तिनपाटन १० का पहाडीको आरेप छ । त्यस्तै गोलन्जोर ३ का डोर बहादुर कार्की पनि आफू भूकम्प पीडित भए पनि स्थानिय राजनैतिक दलका नेताहरुले आफुखुसी भुकम्प पीडितहरुलाई राहत उपलब्ध गराएको भन्दै  आफ्नो नाममा परेको एक लाख रुपैँया नलिने बताए । आफू पुर्ण रुपले भूकम्प पीडित  हुँदा पनि आफ्नो नाममा भूकम्प पीडितको राहत नपरेको भन्दै त्यो एक लाखले केही नहुने भन्दै एक लाख राहत नलिने कार्कीले बताए ।

राहत परेकाहरुको पनि राजनीतिक शक्ति  हेरेर प्राविधिकहरुले काम गर्ने गरेको गोलन्जोर ३ का हरी कुमार कार्कीको आरोप छ । कार्कि भन्छन– ‘मंसिरमा तेस्रो किस्ताको फारम भरेको तर अहिले सम्म पनि राहत पाएका छैनौँ ।’ चैत्रमा फारम  भर्नेहरुले राहत पाए जहाँ पनि पावरको मात्रै कुरा हुन्छ । जसको पहिला नै घर थिएन उनिहरुले अहिले राहत पाएका छन नी त्यो कसरी पर्यो भन्न्ो अर्थ सन्सार सिन्धुलीको प्रश्नमा पहिला नै मिलाएर पठाएका कारण त्यसको जवाफ स्थानिय नेताहरुले दिनु पर्ने पुन जाँचका लागि गोलन्जोरमा खटिएका तत्कालीन ईन्जीनियर मुकेश शाहले

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको