अर्थ संसार, भद्रपुर- पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री मेचीनगर नगरपालिकाले शुक्रबारदेखि हटाउन शुरु गरेको छ ।
पूर्वाञ्चल डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनका लागि सहयोग मागेपछि नगरपालिका आफैले त्यस्ता प्रचार सामग्री हटाउन शुरु गरेको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताउनुभयो ।
सडक ऐन २०३१ ले निर्धारण गरेको मापदण्डअनुसार राजमार्गको दायाँबायाँ २५÷२५ मिटरलाई सडक क्षेत्र मानिए पनि सो क्षेत्र अतिक्रमण गरेर जथाभावी घरटहरा बनाइनुका साथै होर्डिङ बोर्ड राख्ने गरिएकाले नगरपालिकाले प्रहरी र विद्युत्का कर्मचारी परिचालन गरेर पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो ।
नगरपालिकाले त्यस्ता होर्डिङ बोर्ड हटाउन माइकिङ गरी दुई साताको समय दिँदा पनि अटेर गरिएको हुँदा नगरपालिका बाध्य भएर आफैँ हटाउन लागिपरेको नगर प्रहरी दिनेश गुरागाईंले बताउनभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस