अर्थ संसार, काठमाडौं - विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ४६ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरी मनाएको छ ।
गु्रपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, बालकुमारी, ललितपुरको सहयोगमा रक्तदान कार्यव्रmमको आयोजना गरिएको हो । 
उक्त रक्तदानमा ग्रुपका सञ्चालक, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपस“ग आवद्ध व्यक्ति गरी जम्मा ५३ जनाले रक्तदान गरेका थिए ।
पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस