अर्थ संसार, काठमाडौं– नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले एकसय २० टनको नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । काभ्रे इटा व्यवसायी संघको तेस्रो वाषिर्क साधारण सभाको अवसर पारेर जेसीबीले नयाँ जेएस १२० एस्काभेटर सार्वजनिक गरेको हो ।
जेसीबी जेएस१२० सेग्मेन्टकै सबैभन्दा उत्कृष्ट उत्पादनमध्ये पर्छ । प्रति घन्टा ८ प्रतिशत कम इन्धन खपत गर्ने यो एस्काभेटरको बकेट क्यापासिटी ०.५ देखि ०.६५ क्युबिक मिटरसम्म रहेको छ । यसको अधिकतम इन्जिन पावर ६० किलोवाट रहेको छ । जेएस१२० खनन् कार्य, सडक, इटा उद्योग र अन्य निर्माण कार्यको विश्वस्त सहकर्मी सावित हुने एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिंग डिजिएम दिपकराज गिरी बताउँछन् ।
अत्याधुनिक प्रविधिजडित जेएस १२० पुनेस्थित जेसीबी प्लान्टबाट उत्पादन हुने गर्छ । अन्य ब्रान्डका मेसिनहरुको तुलनामा यसको उत्पादकत्व बढी र मर्मत खर्च कम पर्ने पनि उनी बताउँछन् । नयाँ एस्काभेटरमा जेसीबी इकोम्याक्स इन्जिन लगाइएको छ । उच्च उर्जा शक्ति, लामो आयु, कम आवाज र कम कम्पन इकोम्याक्स इन्जिनका विशेषता हुन् ।
नयाँ एस्काभेटरमा अपरेटर रुम पनि ठूलो र आरामदायी छ । जेसीबी जेएस१२० मा अत्याधुनिक टेलेम्याटिक्स प्रविधि लाइभलिंक जडान गरिएको छ जसमार्फत टाढैबाट मेसिनको पर्फमेन्स र इन्जिनको अवस्थालाई अनुगमन गर्न सकिन्छ । नयाँ मेसिनलाई नेपाल इटा उद्योग महासंघका अध्यक्ष महेन्द्र चित्रकार र काभ्रे इटा उद्योग संघका अध्यक्ष जितेन्द्र खायमलीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । विक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएका कारण जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस