Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीमा गरीब परिचय पत्र वितरणमा अनियमितता, धनीले पाए, गरिवले पाएनन्

शनिबार, १६ भदौ २०७५, १७ : ५४ मा प्रकाशित

सिन्धुलीमा गरीब परिचय पत्र वितरणमा अनियमितता, धनीले पाए, गरिवले पाएनन्

शंखर पहाडी(गौरब)

अर्थ संसार, सिन्धुली– सिन्धुलीमा गरीब परिचय पत्र वितरणमा अनियमितता भएको छ । नेपाल सरकारले बि.सं २०७० सालको तथ्याङ्कलाई आधार वनाएर वितरण सुरु गरेको गरिब परिचय पत्रमा  अनियमितता भएको पाइएको हो ।

सिन्धुलीको हरीहरपुरगढी गाउँ पालीकामा परिचय पत्र वितरण सुरु भएको समयमा अनियमितता भएको हो । हरीहरपुरगढी गाउँ पालीकाको वडा नम्बर ७ मा गरीब परिचयपत्र वितरणमा करोडौँका मालीकला्रई मध्ये गरिब र अति गरिब भनी परिचय पत्र वितरण गरिएको हरीहरपुरगढी गाउँ पालीका वडा नम्बर ७ का वडा अध्यक्ष बालकृष्ण नेपालले अर्थ संसार सिन्धुलीलाई बताउनु भयो ।

नेपाल सरकारले २०७० सालमा संकलन गरेको तथ्याङ्कलाई आधार वनाएर परिचय पत्र वितरण गर्दा वास्तबिक गरीबले पहिचान अनुसार परिचय पत्र नपाएका वडा अध्यक्ष नेपालले बताउनु भयो ।  वास्तविक गरीबहरु छुटेका  र धनी वर्गहरुले गरीब परिचय पत्र पाएका वडा अध्यक्ष नेपालको भनाई छ ।  धनीहरुले गरीब परिचय पत्र पाएका कारण यसलाई रोक्न के गर्न सकिन्छ भन्ने बारेमा आफुले पनि सोची रहेको वडा अध्यक्ष नेपालले बताउनु भयो ।

जतिबेला डाटा संकलन भयो त्यो अपुष्ट भएका कारण फेरी डाटा संकलन गरिनुपर्ने र स्थानिय जनप्रतिनिधीहरुको सहभागीता रहनु पर्ने वडा अध्यक्ष नेपालको भनाई छ । आफुलाइ्र्र आफ्नो वडाको गरीब तथा धनीहरुको बारेमा पुर्ण जानकार्री भएका कारण आफुहरुको सहभागीता बिना पुर्न सर्वे नगर्न पनी वडा अध्यक्ष नेपालले आग्रह गर्नु भयो ।

सो विषयमा पालीकामा छलफल भएको र आफ्नो तर्फबाट अहिले भई रहेको परिचयपत्र वितरणमा गंभिर ध्यानाकर्षण भएको वडा अध्यक्ष नेपालले बताउनु भयो । करोडौँ पतिले गरीबको परिचय पत्र पाएका र गरीबले नपा्रएका कारण पनि आफुले धनी वर्गहरुला्रई परिचय पत्र नलिन आग्रह गर्दा समेत उनीहरुले नमानेका अध्यक्ष नेपालको भनाई छ ।

ज्यालादारी गरेर खानेले परिचयपत्र नपाएको र धनाढ्यले गरीब परिचयपत्र पाएका कारण आफुलाई सो विषयमा दुःख लागेको वडा अध्य्रक्ष नेपालको भनाई छ । यसला्रई तुरुन्तै रोकी पुर्न सर्वे गरी परिचयपत्र वितरण गरिनु पर्ने नेपालले बताउनु भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको