Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको कार्ड भएकालाई विजयपुर अस्पतालमा १५ प्रतिशत छुट

आइतबार, १७ भदौ २०७५, १७ : ४३ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको कार्ड भएकालाई विजयपुर अस्पतालमा १५ प्रतिशत छुट

अर्थ संसार, काठमाडौं–  ग्लोबल आइएमई बैंक र विजयपुर अस्पताल, धरान बीच आइतबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडा र ग्लोबल आइएमई बैंक धरानको शाखा प्रबन्धक लक्ष्मी डुम्रेले हस्ताक्षर गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौता पश्चात विजयपुर अस्पताल, धरानमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट (Debit),  क्रेडिट (Credit) , प्रिभिलेज (Privilege) कार्ड लिएका बैैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।  

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/ सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/ सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको