Like us!
Follow us!
Connect us!
Watch us!

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

अर्थ संसार

बुधबार, २४ असार २०८३, १७ : १७ मा प्रकाशित

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए । उनी प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखा हेर्थे । सचिवमा बढुवा भएको दुई वर्षमै उनी मुख्यसचिव बन्न सफल भएका हुन् ।

भोजपुरका उनी सचिव बनेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए । त्यसअघि उनी ल्हासाको महावाणिज्यदूत समेत भइसकेका व्यक्ति हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको