Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ - राजेन्द्र मल्ल

अर्थ संसार

बुधबार, २४ असार २०८३, १६ : ४५ मा प्रकाशित

मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ - राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका तत्कालीन अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय स्थायित्व कायम राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने सकारात्मक प्रयास गरेको बताएका छन्। मौद्रिक नीतिप्रति प्रतिक्रिया दिँदै मल्लले नीतिले बजारमा विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने केही सकारात्मक व्यवस्था समेटेको उल्लेख गरे। तर निजी क्षेत्रले अपेक्षा गरेअनुसार व्यवसाय गर्ने लागत घटाउने, कर्जाको ब्याज तथा समग्र वित्तीय लागत कम गर्ने र उत्पादनमूलक क्षेत्रमा प्रभावकारी रूपमा कर्जा प्रवाह सुनिश्चित गर्ने विषयमा अझ ठोस व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।

उनले स्टार्टअप तथा नवप्रवर्तनशील व्यवसायका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै डिजिटलीकरणलाई तीव्रता दिई एकद्वार रुपमा केवाईसी प्रणाली लागू गरिनुपर्ने बताए। यसबाट कर्जा प्रवाहका क्रममा हुने अनावश्यक कागजी प्रक्रिया तथा प्रक्रियागत ढिलाइ कम भई निजी क्षेत्रलाई सहज वातावरण सिर्जना हुने उनको धारणा छ।

निवर्तमान अध्यक्ष मल्लले मौद्रिक नीतिको सफलता यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने उल्लेख गर्दै सरकार, नेपाल राष्ट्र बैंक तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताए। उनले नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धिमार्फत लगानी, उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक वृद्धिलाई अपेक्षित गति दिन सकिने विश्वास व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको