अर्थ संसार, काठमाडौं ज्योति विकास बैंक र कैलााश विकास बैंकबिच सोमबार रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कैलााश विकास बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कैलााश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउदैछन ।
यस सम्झौतापश्चात कैलााश विकास बैँकका ६५ शखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस