Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति बिकास बैंकको नायब महाप्रबन्धकमा शुशिलकुमार र सहायक महाप्रवबन्धकमा रामहरी

मंगलबार, १९ भदौ २०७५, ११ : ४६ मा प्रकाशित

ज्योति बिकास बैंकको नायब महाप्रबन्धकमा शुशिलकुमार र सहायक महाप्रवबन्धकमा रामहरी

अर्थ संसार, काठमाडौं– ज्योति बिकास बैंकको उच्च ब्यवस्थापनमा दुई नयाँ पदाधिकारी  नियुक्त  भएका छन् । सोमबा बैकको नायब महाप्रबन्धकमा शुशिलकुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका हुन् ।

शुशिलकुमार शर्माको २३ बर्ष नेपाल एस. बि.आइ. बैक लि. र ५ बर्ष नेबिल बैंकमाकाम गरेको अनुभब रहेको छ । उहाँ यस अघि एस. बि. आइ. बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो । ब्यबस्थापनमा स्नातकोत्तर शर्मासँग शाखाप्रबन्धक देखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभब रहेको छ । त्यसैगरी रामह रिआचार्य सँग एभरेष्ट बैकमा २० बर्ष काम गरेको अनुभब रहेको छ ।

  ब्यबस्थापनमा स्नातकोत्तर आचार्य यस अघि एभरेष्ट बैकको प्रबन्धकको रुपमाकार्यरत हुनुहुन्थ्यो । उच्च ब्यबस्थापनमा स्थापित बाणिज्य बैकमा लामो समयसम्म महत्वपुर्ण भुमिकामा हनुभएका ब्यक्तिहरुको नियुक्तिले ज्योति बिकास बैकको लक्ष प्राप्ति यात्रा अझ सहजहुने बिश्वास गरिएको छ ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा२० वटा ब्त्ः मार्पmत सेवाउपलव्ध गराउँदै आईरहेकोछ भने थप ३० वटा नयाँ शाखा तथा थप२७ स्थानमाब्त्ः  संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

बैंकले १ लाख ५० हजार भन्दा बढि खाताबाट रु. २० अर्व भन्दा बढिनिक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६अर्व भन्दा बढि ऋण लगानीगर्न सफलभएको छ । बैंकको हालको चुक्ता पूँजीरु.२ अर्व ५९ करोड कायम रहेको छभने हाम्रो विकास बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्घान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाडी बढाइरहेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको