Like us!
Follow us!
Connect us!
Watch us!

सवारीसाधन पार्किङ शुल्क नलिइने

मंगलबार, १९ भदौ २०७५, १४ : ५० मा प्रकाशित

सवारीसाधन पार्किङ शुल्क नलिइने

अर्थ संसार, नेपालगञ्ज – सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ ।

नगरका ५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिइँदै आएकामा नगरवासीको सकारात्मक प्रतिक्रिया नआएकाले उपमहानगरपालिका यो निर्णयबाट पछि हटेको हो ।

हालका लागि सबैखाले यातायातका साधनलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको नगर प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो ।

बैठकले वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्ताका रुपमा चयन गरिनुका साथै सार्वजनिक सेवा तथा क्षमता विकास, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन र विधयेक समिति गठन गरिएका छन् । ती समितिमा जिम्मेवारी बाँडफाँड र सदस्य संख्या अझैं तोकिएकोे छैन । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको