शंखर पहाडी(गौरब)
अर्थ संसार, सिन्धुली– अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तावित चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माणस्थलको निरीक्षण गर्नु भएको छ । मन्त्री डा.खतिवडाले सिन्धुलीको खुर्कोट र कमलामाई नगरपालिका–२ चियाबारीस्थित सुरुङमार्ग निर्माणस्थलको निरीक्षण गर्नु भएको हो ।
कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीसहितको जनप्रतिनीधिको टोली र मन्त्री डा.खतिवडाले संयुक्तरुपमा सुरुङमार्ग निर्माणस्थलको निरीक्षण गरेका हुन् । जापान सरकारले निर्माण गरेको बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्गको सिन्धुली–खुकोटखण्डमा ठूला सवारी साधन सञ्चालनमा समस्या आएपछि सरकारले विकल्पकारुपमाा सिन्धुलीको चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको थियो ।
अर्थमन्त्री डा.खतिवडाले सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन, भौगोलिक अवस्था र आवश्यक बजेटबारे जिल्लाबासीसँग छलफल पनि गरेका छन् । निरीक्षणका क्रममा अर्थमन्त्री डा.खतिवडाले सुरुङमार्ग निर्माणका लागि विदेशी दातृ निकायसँग कुरा भइरहेको बताउँदै सरकारले आवश्यक सहयोग जुटाएर छिट्टै निर्माण थाल्ने जानकारी दिए ।
‘ सरकारले सुरुङमार्गलाई निक्कै चासोका साथ लिएको र सुरुङमार्गको डिपीआर यसै वर्ष तयार गरिसक्ने र आगामी आर्थिक वर्षबाट निर्माण थाल्ने गरी सरकार जुटेको अर्थ मन्त्री खतिवडाले बताउनु भयो ।
झण्डै ५ किलोमिटर लामो सुरुङ मार्ग निर्माणका लागि सरकारले चालू आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटले यसै वर्ष सुरुङमार्गको सम्भाव्यता अध्ययन थालिने भएको छ ।१० टन भन्दा बढी भारक्षमताका सवारीसाधन र २९ सिटभन्दा लामा बस सञ्चालन गर्दा सडकमा क्षति पुग्नुका साथै दुर्घटना बढ्ने भएकाले विकल्पमा सुरुङमार्ग निर्माण गर्न स्थानीय जनप्रतिनीधिले सरकारलाई दबाब दिएका थिए ।
सुरुङमार्ग निर्माणपछि ठुला सवारी साधन त्यहीँबाट सञ्चालन गरिने छ । बीपी राजमार्गको नागबेली सडकमा भने पर्यटकीय सवारी साधन मात्रै आवतजावत गर्न दिइने योजना रहेको मन्त्री डा.खतिवडाले बताउनु भयो । मध्य तराईबाट राजधानी भित्रने सबैभन्दा छोटो बीपी राजमार्गमा सुरुङमार्ग बनेपछि राजधानी अझ नजिक हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस