Like us!
Follow us!
Connect us!
Watch us!

पर्सामा मेगा बैंकको दुई शाखारहित बैंकिङ सेवा

विहीबार, २१ भदौ २०७५, १० : ४५ मा प्रकाशित

पर्सामा मेगा बैंकको दुई शाखारहित बैंकिङ सेवा

अर्थ संसार,काठमाडौं–  मेगा बैँक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ र पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनीहारमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ ।

सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ मा सोही गाँउपालिकाकी उपाध्यक्ष श्रीमती फुलकुमारी थरुनी तथा मेगा बैँक नेपाल लिमिटेड बीरगंज आदर्शनगरका शाखा प्रबन्धक यशपालकुमार टिब्रेवालले संयुक्त रुपमा सेवा सुरु गर्नुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष थरुनीले सखुवाप्रसौनीका बासिन्दाहरुले मेगा बैकसँग बित्तिय कारोवार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिँदै शाखारहित सेवा सुरु गरिदिएकोमा मेगा बैंकलाई आभार व्यक्त गर्नुभयो ।

यसैगरी, पर्सागढी नगरपालिका वडा नं. ३ मा शाखारहित सेवाको उद्घाटन गर्दै वडा अध्यक्ष उद्दबबहादुर उप्रेतीले कृषक, मजदुर, न्यून आय भएका जनताको आयस्तर बृद्धि गर्न मेगा बैकले पर्सागढी चयन गरेकोमा धन्यवाद दिनुभयो । स्थानीय जनप्रतिनिधिको हैसियतमा सक्दो सहयोग गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको