अर्थ संसार, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड र जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआईसि नेपाल) बीच बैकासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।
बुधवार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । बैङ्कका कार्यकारी नायव प्रमुख कार्यकारी अधिकृत रबिना देशराजश्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
सहमतिसंगै बैङ्ककाग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाललि.ले प्रदानगर्ने निर्जीवनबीमा सेवा सम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस