अर्थ संसार, काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिनुभएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको आज बिहान अनुगमनका क्रममा उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई आग्रह गर्नुभयो ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख र काठमाडौँ उपत्यकामा आठ लाख सवारी साधन आवातजावत गर्दछन् । सवारी चाप घटाएर यातायात आवागमनलाई सहज तुल्याउँदै जनताको इच्छा आकाङ्क्षाअनुुसार ट्राफिक प्रहरी चल्नुपर्छ भन्नुभयो ।
खनाल प्रहरी महानिरीक्षक हुनुभन्दा पहिला महाशाखाको प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे अवगत गराउनुभएको थियो । रासस
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस