अर्थ संसार,काठमाडौं– ग्लोबल आइएमई बैंकले बिहीबार गोरखा जिल्लाको गोरखा बजारमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ ।
उक्त शाखाको गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा औपचारिक उद्घाटन गर्नु भएको छ । त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गर्नुभयो ।
उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैका लागि बैंक भन्ने मूल नारालाई चरितार्थ गर्दै देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिदै बैंकिङ्ग सेवाको पहुँच भन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दै जाने बताउनुभयो ।
त्यस्तै उहाँले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, होम लोन, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
ग्लोबल आइएमई बैंकले गोरखा जिल्लामा गोरखा बजार, मनकामना र सिरानचोक गरि ३ वटा शाखा सञ्चालन गरिरहेको छ ।
त्यस्तै गरि ग्लोबल आइएमई बैंकले बिहिबारदेखि नै आफ्नो १३२ औ शाखा र १३७ औ एटिएम सेवा नवलपरासी जिल्लाको गैडाकोटमा सञ्चालनमा ल्याएको छ । गैँडाकोटमा खोलिएको नयाँ शाखा र एटिएम सेवासंगै बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको छ ।
त्यस्तै गरि बैंकले १०२ शाखारहित बैंकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर, विदेशमा ३ प्रतिनिधि\सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
यसका साथै अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि\सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदानगर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस