Like us!
Follow us!
Connect us!
Watch us!

२० मेगावाट कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद सम्झौता, यसै बर्ष पहुँच मार्ग बनाइने

बुधबार, ०३ असोज २०७५, ०८ : २४ मा प्रकाशित

२० मेगावाट  कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद सम्झौता, यसै बर्ष पहुँच मार्ग बनाइने

अर्थ संसार, काठमाडौं–सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ ।

सम्झौता पत्रमा आयोजना प्रबर्धक सुस्मित इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष सुशिल पोखरेल र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले हस्ताक्षर गरे । म्याग्दीको मुडी गाउँपालिकामा निर्माण हुने आयोजनाको क्षमता २० मेगावाट हुनेछ ।

सम्झौता अनुसार यस आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले हिउँद (पुसदेखि चैतसम्म) मा ८ रुपैयाँ ४० रुपैया र बर्षात (बैशाखदेखि मंसिरसम्म) ४ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरले खरिद गर्ने छ ।

विद्युत खरिद सम्झौतापछि आयोजना निर्माण कार्य तीब्र रुपमा अगाडि बढ्ने आयोजना प्रबर्धक सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले जानकारी दिए । ‘हामी दशैंलगत्तै आयोजना स्थलसम्मको पहुँच मार्ग निर्माण सुरु गर्ने छौं, उनले भने । आयोजनासम्म पुग्न म्याग्दीको खारादेखि २२ किलोमिटर सडक निर्माण गर्नु पर्छ । कुन्बाङ खोलामा बहने पानीबाट विजुली निकालिने उक्त आयोजनाको बाँध म्याग्दीको मुदी गाउँपालिकाको दोभानमा निर्माण  हुनेछ ।

यस आयोजनाले बार्षिक ११५ दशमलव ५१ गिगावाट विद्युत उत्पादन गर्ने छ । यसले बर्षतमा १७।५५ गिगावाट र हिउँदमा  ९७.९६ गिगावाट विद्युत उत्पादन गर्ने प्रबर्धक सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले जानकारी दिए । आयोजनाबाट उत्पादित विजुली २० किलोमिटर लामो प्रशारण लाईनहुँदै डाँडाखेतस्थित विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभिए सवस्टेशनमा ल्याएर जोडिने छ ।

आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ हुने प्रबर्धक कम्पनीले अनुमान गरेको छ । यस आयोजनामा विभिन्न बैंकबाट ७० प्रतिशत ऋण र विकासकर्ता कम्पनीबाट ३० प्रतिशत स्वपूँजी लगानी जुटाइने छ । ‘हामी यसै बर्षभित्र लगानी जुटाइसक्ने छौं, सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले भने, ‘अर्को बर्षदेखि निर्माणको काम सुरु हुने छ ।

आयोजनाले ४ बर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष लिएको छ । सन् २०२४ को फेबुअरीदेखि आयोजनाबाट ब्यवसायिक रुपमा विद्युत उत्पादन सुरु गर्ने कम्पनीको लक्ष छ ।

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर छुट्याएको छ । यस्तै सर्बसाधारण लगानीकर्तालाई १५ प्रतिशत सेयर वितरण गरिने निर्माणकर्ता कम्पनीका अध्यक्ष पोखरेलले जानकारी दिए ।

5ba1ba2c3ec34.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको