Like us!
Follow us!
Connect us!
Watch us!

न्यूरोड मोबाइल महोत्सवमा ५ लाखभन्दा बढी ग्राहक, कारोबार रकम २० करोडमाथि

मंगलबार, १९ पुस २०७३, १४ : १२ मा प्रकाशित

न्यूरोड मोबाइल महोत्सवमा ५ लाखभन्दा बढी ग्राहक, कारोबार रकम २० करोडमाथि

अर्थ संसार
काठमाडौं– नेपाल मोबाइल व्यवसायी संघले पुष १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सवमा ग्राहकहरुको उत्साहजनक सहभागिता देखिएको छ । मोबाइलको मुख्य केन्द्रको रुपमा रहेको न्युरोड क्षेत्रमा आयोजित महोत्सवमा ५ लाखभन्दा बढी ग्राहकहरुले सहभागिता जनाएको आयोजकले दावी गरेको छ ।

महोत्सवमा विशेष गरेर नयाँ प्रविधियुक्त स्मार्टफोनहरुको अधिक बिक्री भएको जनाइएको छ । नेपालमा आइतवारदेखि आएको फोरजी प्रविधिले त्यसलाई सपोर्ट गर्ने फोन सेट खोज्न आउने आग्रह धेरै छन् ।महोत्सवलाई फोरजीमय बनाइएको संघले जनाएको छ । ग्राहकहरुलाई फोरजी प्रविधिसहितको स्मार्टफोन खरिद गर्न उत्साहित गर्ने गरि सोमबारदेखि फोरजीमय महोत्सवको घोषणा गरिएको छ । सोमबारदेखि महोत्सवमा विभिन्न ब्राण्डका फोरजीयुक्त फोनहरु ग्राहकहरुलाई छुटसहित बिक्री गरिने संघले जनाएको छ ।

न्युरोड मोबाइल महोत्सवमा २० करोड रुपैंयाभन्दा बढीको मोबाइल फोन तथा विभिन्न एसेसरिजहरुको कारोबार भएको संघले विज्ञप्तिमा जनाएको छ । मेलामा मोबाइल कम्पनीहरुले विभिन्न किसिमका गेमहरु खेलाउँदै ग्राहकहरुलाई लक्की ड्रमार्फत मोबाइल फोन दिईरहेका छन । विभिन्न मोडलहरुको खरिदमा छुटका साथै आवश्यक एसेसरिजपछि उपहारमा प्रदान गरिरहेका छन् ।

महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले ग्राहकहरुको सहभागिता आशा गरेअनुसारकै भएको जानकारी दिए । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा आयोजना भईरहेको न्युरोड मोबाइल महोत्सवमा स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १ सय एमबीको डाटा अफरमा दिईएको छ ।महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिकरुपमा बिक्री शुरु गरेका छन् ।

महोत्सव अवधिभर हरेक अवलोकनकर्ताहरुले हात खाली नजाने गरि खेलमार्फत विभिन्न उपहार प्राप्त गर्न सक्ने तथा माइक्रोसफ्टको एउटा स्मार्टफोन किन्दा अर्को स्मार्टफोन अफर पनि राखिएको छ ।
 

यो पनि पढ्नुहोस्

एशियन सेक्युरिटीलाई कारोबारमा रोक

नागबेलीको ४० प्रतिशत बोनसपछि मूल्य समायोजन, कति तोकियो ?

समुदय बहुउद्देश्यीय सहकारीले माग्यो १५ जना कर्मचारी

गरीवी निवारण कोष पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

कसरी लगाउने मिलाएर साडी (भिडियोसहित)

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको