अर्थ संसार, काठमाडौं- आईएमईले दसैं, दीपावली र छठलाई लक्षित गर्दै सेवा ग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दसैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ ।
मंसिरसम्म लागू यो योजना अवधिमा विदेश तथा स्वदेशबाट आईएमई गर्ने सेवाग्राही सहभागी हुन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
योजना अवधिभर गरिएकोट्रान्जेक्सनलाई आईएमईको सफ्टवेयर पद्धतिमा लिङ गरी ‘लक्की ड्र’ बाट छनोट हुने बिजेताहरू मध्ये हरेक दिन १० जनालाई ‘आईएमई पे’ मार्फत १ हजार रुपैयाँको बिल भुक्तानी, हरेक साता १ जनालाई १० हजार नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख नगद तथा बम्परमा १ जनालाई २० लाख नगद प्रदान गरिने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस