Like us!
Follow us!
Connect us!
Watch us!

शहरमा छ्याप– छ्याप्ती भारतीय केरा, खोटाङको केराले बजार नपाएपछि भैसीलाई कुडो

विहीबार, ११ असोज २०७५, १५ : १४ मा प्रकाशित

शहरमा छ्याप– छ्याप्ती भारतीय केरा,  खोटाङको केराले बजार नपाएपछि भैसीलाई कुडो

अर्थ संसार, काठमाडौँ– राजधानी काठमाडौँमा भारतीय केराले बजार कब्जा गरिरहेको बेला खोटाङमा भने केरा नबिकेपछि भैसीलाई कुडो बनाएर खुवाउने गरिएको छ ।

केरा पकेट क्षेत्रका किसान बजार नपाएपछि चिन्तित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका किसान सडक असुविधाका कारण उत्पादन गरेको केरा बिक्री गर्नबाट वञ्चित छन् ।

विजयखर्कको बसेरी ढकालबेँसी क्षेत्रमा पर्याप्त मात्रामा केरा उत्पादन हुन्छ । केराले बजार पाउन सकेको छैन । केरा पकेट क्षेत्रमा नगरपालिको रु तीन लाख तथा स्थानीयवासीको रु पाँच लाख बराबरको श्रमदानमा सात हजार बिरुवा रोपिएको छ ।

त्यहाँ तीन प्लाष्टिक पोखरी निर्माण गरिनाका साथै चिस्यानको समेत व्यवस्था गरिएको छ । केरा उत्पादनलाई व्यावसायिक तथा आम्दानीमूलक बनाउन नगरपालिकाबाट पारित भएको कृषि पकेट क्षेत्रको अवधारणाअनुरुप उक्त क्षेत्रलाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ ।

स्थानीयरुपमा गठित दुई कृषक समूहको पहलमा सो क्षेत्रलाई गत वैशाखमा केरा उत्पादन पकेट क्षेत्र निर्धारण गरिएको थियो । परम्परागत खेती प्रणालीबाट केरा पर्याप्त उत्पादन हुने सो क्षेत्रमा श्रम र लगानी बढाए उत्पादनमा वृद्धि गर्न सकिने कृषक समूहका अध्यक्ष वाणिबेलास ढुङ्गानाले बताउनुभयो

। बजारको अभावमा उत्पादित केरा भैँसीको कुँडो बनाउन प्रयोग गरिँदै आएको छ । बजारकै चिन्ताले कतिपयले केरा खेती घटाउँदै गएका छन् । चार घण्टा पैदल हिँडेर केरा बिक्री गर्न दिक्तेल बजार पुर्याउँछौँ– ढुङ्गानाले भन्नुभयो ।

विजयखर्कको बसेरीमा पर्याप्त मात्रामा केरा उत्पादन हुन्छ । नगरपालिकाका उपप्रमुख विणादेवी राईको संयोजकत्वमा हालै पकेट क्षेत्रको अनुगमन गरिएको थियो । केरा बिक्रीका लागि सङ्कलन केन्द्र निर्माणको योजना बनाएका छौँ, उहाँले भन्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको