Like us!
Follow us!
Connect us!
Watch us!

५७.३ मेगावाटको म्याग्दी खोला हाइडो पावर परियोजनाको विद्युत खरिद सम्झौता, हाइड्रो भिलेजले १० अर्बमा बनाउने

शनिबार, १३ असोज २०७५, ०८ : ०६ मा प्रकाशित

५७.३ मेगावाटको म्याग्दी खोला हाइडो पावर परियोजनाको विद्युत खरिद सम्झौता, हाइड्रो भिलेजले १० अर्बमा बनाउने

अर्थ संसार, काठमाडौं–हाइड्रो भिलेज प्राइभेट लिमिटेडले निर्माण गर्ने म्याग्दी खोला हाइडो पावर परियोजनाबाट उत्पादन गर्ने विजुली खरिदविक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसिंह घिसिंग र म्याग्दी खोला हाइड्रो पावरका अध्यक्ष रामेश्वर थापाले हस्ताक्षर गरे ।  म्याग्दी जिल्लामा बन्ने ५७.३ मेगावाटको परियोजना १० अर्ब रुपैयाँको लागतमा निर्माण हुँदैछ । परियोजनाले सन् २०२३ मा विद्युतको ब्यवसायिक उत्पादन सुरु गर्ने लक्ष लिएको छ । ‘जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि समयमै परियोजना पूरा गर्न हामी प्रतिवद्ध छौं,’ आयोजनाका अध्यक्ष थापाले भने ।

परियोजनाका प्रबन्ध निर्देशक सुशिल पोखरलले आयोजनामा लगानी हुने ३० प्रतिशत रकम प्रत्यक्ष बैदेशिक लगानीबाट जुटाइने जानकारी दिए । अरु ७० प्रतिशत विभिन्न बैंकबाट ऋण लिएर लगानी गरिने छ । ‘अहिले हामी परियोजनालाई जोड्ने २४ किलोमिटर लामो पहुँच मार्ग निर्माणको तयारी  गरिरहेका छौं,’ पोखरेलले भने, ‘आयोजनाको काम सुरु गरेको साढे ३ वर्षभित्रै विद्युत उत्पादन गर्ने गरी हामी काम अगाडि बढाउनेछौं ।’

परियोजनाले जारी गरेको विज्ञप्ति अनुसार यस आयोजनाले सुख्खा याममा १०३.११ गिगावाट आवर र बर्षामा २३२.८८ गिगावाट आवर गरी बार्षिक औषत ३३५.९९ गिगावाट आवर विद्युत उत्पादन गर्ने छ । उत्पादित विजुली प्राधिकरणले बर्षातमा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटमा खरिद गर्ने छ ।

धवलागिरी हिमालको आधारमा रहेको नदी प्रवाही (आरओआर) आयोजनाबाट उत्पादित विजुली आयोजनास्थलदेखि १७ किलोमिटर दूरीमा प्राधिकरणले निर्माण गर्ने कालीगण्डकी कोरिडोरको १३२ केभी डाँडाखेत सबस्टेसनमा जोडिनेछ ।

5baee5dd67228.jpg 5baee5df4c165.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको