Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजित

आइतबार, १४ असोज २०७५, १७ : ५९ मा प्रकाशित

सेञ्चुरी बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजित

अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनय कुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा E.C.G. तथा मुटु सम्बन्धी अन्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहकवर्ग, शेयरधनी, कर्मचारी लगाएत सर्वसाधारण गरी उक्त शिविरमा १५० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको