अर्थ संसार, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन चुडिदा लमजुङको एक घरमा क्षति पुगेको छ ।
प्राधिकरणको ३३ केभी प्रसारण लाइनको तार चुडिएको स्थानीयले बताए । तार चुडिँदा एक घरमा क्षति पुगेको छ ।
स्थानीय घेर्मु, बाहुँनडाँडा हुँदै उदिपुरसम्म निर्माण भएको उक्त प्रसारण लाइनको तार चुडिँदा बेंसीसहर नगरपालिका १० भोटेफाँटका लक्ष्मण तामाङको घरमा क्षति पुगेको हो । तार गत गत असोज ३० गते चुडिँएको स्थानीयले पुष्टि गरेका छन् ।
एक्कासी तार चुडिँदा तामाङको घरमा रहेको सबै तार, मिटर, विद्युतीय उपकरणमा आगलागी भएको छ । उनका अनुसार घरका सदस्य घर बाहिर भएका कारण कुनै मानविय क्षति भने हुन पाएको छैन ।
आगलागीका कारण करिव एक लाख बराबरको क्षति पुगेको छ ।’ तामाङले भने, घर माथिबाट तार टाँगिएको छ । कति बेला ठूलो दुर्घटनामा परिने हो थाहा छैन् ।’
प्रसारण लाइन निर्माणका बेला नियमअनुसार कार्य नहुँदा यस्तो घटना हुन आएको उनको दुखेसो छ । सो विषयमा पुनः अध्ययन, अनुसन्धान र मूल्याङ्कन गरी ३३ केभी प्रसारण लाइन प्रभावितका लागि मुआब्जा र क्षतिपूर्तीको व्यवस्था गर्नुपर्छ ।
नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख दिपक दाहालले घरमा पु¥याएको क्षतिबारे अध्ययन गरिने र मापदण्ड अनुसार भए नभएको हेरिने बताए ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस