Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चन डेभलपमेन्टको नाफा १ करोड १९ लाख

विहीबार, ०८ कार्तिक २०७५, १२ : ५९ मा प्रकाशित

कञ्चन डेभलपमेन्टको नाफा १ करोड १९ लाख

अर्थ संसार, काठमाडौं– कञ्चन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  १ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । 

यही अवधिमा ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरि तीन अर्ब ७९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। खुद व्याज आम्दानी ४ करोड ८० लाख रुपैयाँ छ।

कर्मचारी खर्च तथा संञ्चालन खर्चका साथै खराव कर्जाको लागि प्रोभिजनिङ गर्नु पर्दा खुद व्याज आम्दानीको अनुपातमा नाफामा उल्लेख्य सुधार हुन नसकेको हो।  चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको बैंकको पूँजी कोष अनुपात १४.२८ प्रतिशत रहेको छ। प्रतिशेयर आम्दानी ९ रुपैयाँ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको