अर्थ संसार, कात्तिक – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक २९ गते गेट वे हिमालयन रिर्सोट बेसिशहर, लमजुङमा छैटौं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले साधारण सभामा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ ।
साथै, कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने ।
संस्थाको रजिष्ट्रर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, कार्य विस्तार गरी राष्ट्रियस्तरको बनाउने, सञ्चालकहरुको बैठक भत्ता वृद्धि, संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघु वित्तीय संस्थाहरु गाभ्नेको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साभामा रहेको छ ।
साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका कात्तिक १६ गते बन्द रहने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस