Like us!
Follow us!
Connect us!
Watch us!

पाँच म्युचअल फण्ड अनुमतिको माग्दै धितोपत्र बोर्डमा, ५ अर्ब ८५ करोड बराबरको फण्ड बिक्री गर्दै

शनिबार, १० कार्तिक २०७५, १९ : २६ मा प्रकाशित

पाँच म्युचअल फण्ड अनुमतिको माग्दै धितोपत्र बोर्डमा,  ५ अर्ब ८५ करोड बराबरको फण्ड बिक्री गर्दै

अर्थ संसार, काठमाडौँ– शेयर बजार उतार चढावमा रहेका बेला विभिन्न पाँच बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ८५ करोड बराबरको म्युचअल फण्ड योजना अगाडि सारेका छन् ।

म्युचअल फण्ड बिक्रीका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार ग्लोबल आइएमइ बैंकले ‘ग्लोबल आइएमइ म्युचअल फण्ड’ योजनाका लागि आवेदन दिएको छ । कूल १२ करोड इकाइ सो योजनामा बिक्री गरिनेछ ।

यस्तै सिटिजन म्युचअल फण्ड दोस्रो बिक्रीका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिइएको छ । कूल रु एक अर्ब बराबरको १० करोड इकाइ, एनएमबी बैंकको एनएमबी–५० को रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीको अनुमतिका लागि आवेदन दिएको छ ।

त्यस्तै एनआइसी एशिया बैंकको रु एक अर्ब २५ करोड बराबरको १२ करोड ५० लाख इकाइ र नविल बैंकको रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ ।

त्यस्तै एनआइबिएल सहभागिता फण्डसमेत अनुमतिको प्रक्रियामा छ । सो योजनामा रु ५० करोड बराबरको पाँच करोड इकाइ बिक्रीको अनुमतिका लागि आवेदन दिइएको छ । सबै योजना रु छ अर्ब ३५ करोड बराबरको ६३ करोड ५० लाख इकाइ रहने बोर्डले जनाएको छ ।

सामूहिक लगानीका लागि यस्ता फण्ड प्रभावकारी हुने गरेका छन् । धितोपत्र बजारमा पछिल्लो समयमा यस्ता सामूहिक लगानी कोषमार्फत लगानीसमेत बढ्दै गएको छ ।

यो पनि पढ्नुहोस्

धितोपत्र बजारमा छ कम्पनीको ९७ लाख ११ हजार कित्ता शेयर सूचीकृत 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको