Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको नयाँ शाखा थानकोटमा

सोमबार, १२ कार्तिक २०७५, १५ : ५० मा प्रकाशित

प्रभु बैंकको नयाँ शाखा थानकोटमा

अर्थ संसार, काठमाडौं– काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका स्थित थानकोटमा  प्रभु बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सोमबारदेखि सञ्चालनमा आएको छ । 

बागमती डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो । थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्येनजर गरी बैंकले थानकोट शाखा कार्यालय सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

थानकोटस्थित बैंकको शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बागमती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले आप्mनो मन्तव्यका क्रमममा पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुले आयल निगमलाई दिनुपर्ने रकम प्रभु बैंकको थानकोट शाखामा रहेको नेपाल आयल निगमको खातामा प्रभु बैंकको जुनसुकै शाखा कायालयबाट निशुल्क रुपमा जम्मा गर्न सकिने हुँदा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज भएको व्यहोरा व्यक्त गर्नुभयो ।

सोमबारदेखि सञ्चालनमा आएको बैंकको थानकोट शाखा कार्यालयबाट बागमती अञ्चल भरीका पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, र उद्यमी व्यवसायीहरुले पनि आफ्नै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् ।

बैंकको थानकोट शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरु, उद्यमी व्यवसायहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ  ।

5bd6dbf5e76a0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको