

-
कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ४ अर्ब ३० करोड निक्षेप सङ्कलन गरेको छ भने रू. ३ अर्ब ७९ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ४१ प्रतिशत र कर्जा प्रवाह ४१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले रिजर्भ कोषमा रू. १४ करोड २१ लाख छुट्याएको छ । यो रकम गत आवको तुलनामा २१ प्रतिशतले वृद्धि भएको हो । असोज मसान्तसम्ममा कम्पनीको लगानी २ सय ३७ प्रतिशतले वृद्धि भई रू. ६ करोड ४० लाख पुगेको छ । गत आवको सोही अवधिमा लगानी रू. १ करोड ८९ लाख थियो ।
-
कम्पनीको खुद ब्याज आम्दानी रू. ४ करोड ८० लाख, कर्मचारी खर्च रू. १ करोड ७२ लाख, अन्य सञ्चालन खर्च रू. १ करोड ३२ लाख र सञ्चालन नाफा रू. १ करोड ८३ लाख रहेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी ५८ प्रतिशत र सञ्चालन नाफा २६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले रिजर्भ कोषमा रू. १४ करोड २१ लाख छुट्याएको छ ।
-
कम्पनीको स्थिर सम्पत्ति २५ प्रतिशतले बढेर रू. १० करोड ७५ लाख र अन्य सम्पत्ति ७० प्रतिशतले बढेर रू. १४ करोड १७ लाख पुगेको छ । कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ९० लाख ९२ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ८० प्रतिशत रहेको छ । पूँजीकोष पर्याप्तता १४ दशमलव २६ प्रतिशत र पूँजीकोष लागत ७ दशमलव ५८ प्रतिशत रहेको छ ।
-
चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. ९ दशमलव ४८, मूल्य आम्दानी अनुपात १८ दशमलव ७९, तरलता अनुपात २२ दशमलव ९० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय २८ दशमलव १० रहेको छ । कम्पनीको आइतवार शेयरमूल्य रू. १ सय ७६ कायम भएको छ ।
-
अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति

- अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००

निष्कर्ष

गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी ५८ प्रतिशतले बढेको हो भने सञ्चालन मुनाफा २६ प्रतिशतले बढेर रू. १ करोड ८३ लाख पुगेको छ । कम्पनीले शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ६ दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस