Like us!
Follow us!
Connect us!
Watch us!

आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै

बुधबार, १४ कार्तिक २०७५, ०९ : ०४ मा प्रकाशित

आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै

अर्थ संसार, काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १४ र १५ गते छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

भिटामिन ए कार्यक्रम सरकारको राष्ट्रिय कार्यक्रमभित्र पर्दछ । परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले सरकारको राष्ट्रिय कार्यक्रमअन्र्तगत बुधबार र बिहीबार भिटामिन ए तथा जुकाको औषधि खुवाइने जानकारी दिनुभयो ।

बुधबार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई बिहीबार खुवाइनेछ ।
छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाइने जानकारी दिँदै उहाँले यसको लागि ६० हजार स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताउनुभयो ।

उहाँले जुकाको औषधि एक वर्षदेखि पाँच वर्षभित्रका बालबालिकालाई खुवाउने बताउनुभयो । उहाँका अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रमको लागि छ करोड रुपियाँ खर्च हुनेछ । उहाँले बालबालिकालाई सङ्क्रमक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रतिरोधि क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धि रोगबाट बचाउन भिटामिन ‘ए’ खुवाउने गरिएको जानकारी दिनुभयो ।

भिटामिन ‘ए’ तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ । यसपटक कात्तिक २ र ३ गते दशै परेकोले कात्तिक १४ र १५ गते खुवाउन लागिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको