Like us!
Follow us!
Connect us!
Watch us!

सम्झौता अनुसार काम नगर्ने ८ कम्पनी कालोसूचीमा

अर्थ संसार

शुक्रबार, २६ असार २०८३, ११ : ०३ मा प्रकाशित

सम्झौता अनुसार काम नगर्ने ८ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने ८ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो। कालोसूचीमा परेका कम्पनीहरूमध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको कम्पनी महादेव खिम्ती निर्माण सेवा प्रा.लि. लाई ३ वर्षका लागि प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, रवि सिंहको सोही कम्पनी र सुमित रौनियारको पप्पु कन्स्ट्रक्सन प्रा.लि. को संयुक्त उपक्रम पप्पु–महादेव जेभीलाई पनि हुलाकी राजमार्ग निर्देशनालय, इटहरीको सिफारिसमा ३ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । त्यसैगरी, हुलाकी राजमार्ग निर्देशनालय, इटहरीकै सिफारिसमा सुभास श्रेष्ठको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (हेटौंडा) प्रा.लि. लाई पनि ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

बाजुराको त्रिवेणी नगरपालिकाको सिफारिसका आधारमा ताराप्रसाद पुडासैनीको ग्लोवल ड्रग्स सप्लायर्स (धनगढी) लाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । अन्य कालोसूचीमा परेका कम्पनीमा दीपेन्द्रबहादुर शाहीको भारत–सिद्धसाई जेभी लाई १ वर्ष ६ महिना, कमला अधिकारी शर्माको लुम्बिनी मोटर्स एण्ड पम्प इन्डस्ट्रिज लाई १ वर्ष, रनवीर नेपालीको हीरा नेपाली निर्माण सेवा (जुम्ला) लाई २ वर्ष, रोशन राईको मयुमी कन्स्ट्रक्सनलाई १ वर्ष तथा रवि श्रेष्ठकै शुभम् निर्माण सेवा (गोरखा) लाई २ वर्षका लागि प्रतिबन्ध लगाइएको छ ।

यी कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद वा निर्माणसम्बन्धी प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको