प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज शुक्रबार ऊर्जा उद्यमीहरूसँग छलफल गर्ने भएका छन्।
ऊर्जा उद्यमीहरूलाई प्रधानमन्त्री कार्यालयले बिहान ११:३० बजे सिंहदरबार बोलाएको छ। ऊर्जा क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्रीले उनीहरूलाई बोलाएका हुन्।
छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की तथा वरिष्ठ उपाध्यक्ष उत्तम लामालगायतको सहभागिता रहने बताइएको छ। छलफलमा ऊर्जा क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक समस्यासहित लगानी, विद्युत् उत्पादन, प्रसारण र निजी क्षेत्रका सरोकारका विषयमा समेत विचारविमर्श हुने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस