Like us!
Follow us!
Connect us!
Watch us!

सहारा विकास बैंकको १० लाख शेयर विक्रीमा, अन्तिम दिन कहिले ?

आइतबार, १८ कार्तिक २०७५, ०८ : ४२ मा प्रकाशित

सहारा विकास बैंकको १० लाख शेयर विक्रीमा, अन्तिम दिन कहिले ?

अर्थ संसार, काठमाडौं– सहारा विकास बैंकले बोलकबोल प्रकृयाबाट लिलाममा ल्याएको अवितरित हकप्रद शेयरमा आजबाट  विक्री खुला खुला भएको छ ।

संस्थापक समूहतर्फको ९ लाख २८ हजार २ सय ४८ दशमलव ७० कित्ता र सर्वसाधारण समूह तर्फको १ लाख १६ हजार ७ कित्ता शेयर लिलाम प्रकृयाबाट विक्रीमा ल्याएको हो । यो लिलामी शेयरमा मङ्सिर ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

शेयरको न्यूनतम मूल्य  १ सय तोकिएको हुँदा बोलकबोल गर्दा सोभन्दा बढीको मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको