अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले ३ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल आज जारी गर्ने भएको छ । ट्रेजरी बिल जारी गर्नका लागि राष्ट्र बैंकले सोमबार मध्याह्न २ बजेसम्म बोलकबोलमा सहभागी हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
९१ दिनका लागि १ अर्ब ९१ करोड रुपैयाँ र ३ सय ६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैंकले जनाएको छ । ९१ दिने ट्रेजरी बिल आगामी माघ २२ गते परिपक्व हुनेछ भने ३ सय ६५ दिने ट्रेजरी २०७६ कात्तिक १९ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
यसअघि गत १३ गतेमात्रै राष्ट्र बैंकले ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । ९१ दिन अवधिको लागि २ अर्ब रुपैयाँको र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँको गरी ४ अर्ब रुपैयाँको ट्रेजरी विल गत १३ गते राष्ट्र बैंकले जारी गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस