अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमइ बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु ५१ करोड ७६ लाख नाफा कमाएको छ ।
कम्पनीले यो अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाउँदै रु ५१ करोड नाफा कमाएको हो । बैङ्कले गत आर्थिक वर्षको सोही अवधिमा रु ३३ करोड ९६ लाख नाफा गरेको थियो ।
रु १ अर्ब २० करोड खुद ब्याज आम्दानी गरेको कम्पनीले निक्षेप सङ्कलन रु १ खर्ब ११ अर्ब पुर्याएको छ । यस्तै ऋण लगानी १४ दशमलव ५५ प्रतिशतले बढेर रु ९९ अर्ब पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस