Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको एटिएम विरगञ्जको आदर्शनगरमा

आइतबार, १६ मंसिर २०७५, १४ : ५५ मा प्रकाशित

लुम्बिनी विकास बैंकको एटिएम विरगञ्जको  आदर्शनगरमा

अर्थ संसार, वीरगंज–लुम्बिनी बिकास बैंक लिमिटेडले वीरगंज, आदर्शनगर स्थित बैंकको आफ्नो व्यापारिक कम्प्लेक्समा रहेको शाखामा एटिएम मेसिन संचालनमा ल्याएको छ ।

उक्त एटिएम मेसिनको संचालनको शुभारम्भ वीरगंज महानगरपालिकाका मेयर तथा लुम्बिनी बिकास बैंक लिमिटेडका संस्थापक  विजयकुमार सरावगीवाट सुसम्पन्न भएको छ । कार्यक्रममा बैंकका संस्थापकहरु, व्यापारीहरु तथा स्थानिय प्रतिष्ठित व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो ।

उक्तकार्यक्रममा बोल्दै लुम्विनी विकास बैंक लिमिटेडका वीरगंज शाखाका शाखाप्रवन्धक अशोक भण्डारीले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको मान्यता प्राप्त यस बैंकका अधिराज्य भर कुल ६५ शाखा कार्यालयहरु तथा  एटिएम संचालनमा रहेका तथा यस बैंकबाट जारी गरिएका भिसा एटिएम कार्डबाट नेपाल अधिराज्यभरका जुनसुकै बैंकको भिसा नेटवर्क अन्तर्गतका एटिएम मेसिनबाट पैसा झिक्दा कुनै शुल्कन लाग्ने तथा भूक्तानीका लागि समेत प्रयोग गर्न सकिने बताउनुभयो । 

उक्त कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर  विजयकुमार सरावगीले बैंकको शाखाको निरिक्षण गर्नुको साथै बैंकको बर्तमान प्रगतिका लागि बधाई दिंदै उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको